नियमविपरीत गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई छुट्टै पोसाक
बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घटना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।
अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरुले बताए पूर्वडिआइज हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए । उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसकिने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्ने गरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ ।’
उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए । उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनुहुँदैन ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण