गुल्मीमा विद्यालय बन्द, ट्युशन खुल्ला
गुल्मी । सरकारले चैत १७ गतेदेखि २० गतेसम्म वायु प्रदूषणका कारण देशभरका विद्यालय बन्द गराएको छ । सरकारको निर्देशनानुसार विद्यालय बन्द भए पनि गुल्मीमा विद्यालयकै कक्षा कोठामा ट्युसन भने सञ्चालन भइरहेको पाइएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा एकाबिहानै विद्यार्थीहरु अनौपचारिक पोसाकमा निस्कन्छन् । तीमध्ये कोही विद्यालयभित्र त कोही शिक्षक बस्ने घरभित्र पसेको देखिन्छ । पहाडी जिल्लामा वायु प्रदूषणको खासै असर नपर्ने भएकोले विद्यालय बन्द गराउन आवश्यक नरहेको सरोकारवालाको भनाइ छ ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे कोरोना संक्रमणका बेला र अहिले पनि सरकारले विद्यालय बन्द गराएको बेला ट्युसन कक्षा सञ्चालन भइरहेकाले पहाडी जिल्लाको हकमा सरकारद्वारा विद्यालय बन्दको कुनै अर्थ नरहेको बताउँछन् ।
नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम नारायण भण्डारी भन्छन्, ‘विद्यालय बन्द भए पनि ट्युसन कक्षा सञ्चालन भइरहेको सूचना प्राप्त भएको छ ।’ तम्घासकै रेसुङ्गा माविका प्रधानाध्यापकसमेत रहेका भण्डारीले आफ्नो विद्यालयमा भने त्यसो नगरिएको दावी गरे । कतिपय सामुदायिक विद्यालयले निःशुल्क ट्युसन चलाएको दावी गरे पनि अधिकांश शिक्षकले बिदामा सरकारी तलव र अर्कोतिर ट्युसनको दोहोरो कमाई गर्ने अवसर पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण