शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भैरहवामा भोलिदेखि प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु हुने

शुक्रबार, २० चैत २०७७, १९ : २७
शुक्रबार, २० चैत २०७७

बुटवल । भोलि शनिवारदेखि रुपन्देही जिल्लाको भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट प्रतियोगिता सुरु हुने आयोजक संस्था बलियो नेपालले शुक्रबार लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी  दिएको हो ।

पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको  बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले बताए  । उनले भने– ‘पोषणसँगै खेलकुदलाई अगाडि बढाउने उद्देश्यका साथ क्रिकेट खेललाई बलियो बनाउन चाहन्छौं, यसबाट तल्लो तहबाटै राम्रा खेलाडीहरु उत्पादन होउन् भनेर प्रतियोगिताको आयोजना गरेका हौं ।’

चैत्र २१ देखि २८ गते सम्म चल्ने प्रतियोगिताका लागि  प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरु छनौट गरिएको आयोजकले जनाएको छ । प्रदेशका प्रत्येक जिल्लाका १÷१ टीम गरी १२ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्  । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर–१६ विश्वकपका लागि  प्रतियोगितामार्फत राम्रा खेलाडी उत्पादन हुने र सन २०३९ मा हुने अन्डर १६ विश्वकपका लागि  सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको भनाई छ  ।

रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा सहभागि भएर ९० बढी खेलाडीले योगदान पुराएको बताइएको छ  । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न  जिल्ला–जिल्लामा लुकेर बसेका  खेलाडीहरूको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग  पुग्ने राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भनाई छ ।

‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रिय टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’ उनले भने । सन् २०३९ मा हुने यु–१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकपमा छनोट हुने उनले विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेटर खेलाडी शक्ति गौचन पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप