तीन वर्षमा दोब्बर बन्यो मोबाइल फोन आयात
शनिबार, २१ चैत २०७७, ०७ : ००
तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । यो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करोड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्यांक छ । कान्तिपुरमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण