बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी

सोमबार, २३ चैत २०७७, ०६ : ५८
सोमबार, २३ चैत २०७७

लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको बताए

। उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र लगानीका लागि प्रेरित गर्ने उद्देश्य रहेको पनि जानकारी दिए । प्रदेश सरकारले गत वर्षको चैतमा आयोजना गर्ने भनेको लगानी सम्मेलन कोरोनाका कारण स्थगित गरेको थियो भने प्रदेश मन्त्रिपरिषद्को गत महिना सम्पन्न बैठकले रुपन्देहीमा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप