स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार
कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थप
सजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खाँचो रहेको मन्त्रालयले जनाएको छ ।यस अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट लेखी आएबमोजिम गर्न र गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले अब सबै प्रवेश बिन्दुका हेल्थ डेस्कमा ज्वरो आएका यात्रुहरूको आरडीटी परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।
परीक्षण गरी कोरोना संक्रमित भएमा अस्पताल र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी तिनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ । त्यसै गरी, क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्नुपर्ने छ । रोगको निगरानी र कन्ट्रयाक्ट ट्रेसिङलाई बढावा दिने व्यवस्था मिलाउनुपर्ने छ । आफ्नो पालिकामा कोरोना जोखिम रहेको स्थान वा क्षेत्रको पहिचान गरी समुदायस्तरमा कोरोना नियन्त्रण गर्न गरिने प्रावधान पालना गरिनेछ । जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रचारप्रसार अभियान तीव्र बनाउन पनि मन्त्रालयले भनेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण