अमृतासँग सम्बन्धविच्छेद भएको १६ वर्षपछि के भन्छन् सैफ ?
बलिउडका अभिनेता सैफ अली खान दोस्रो श्रीमती अर्थात अभिनेत्री करीना कपूर खानको तर्फबाट दोस्रो सन्तानको पिता बनेका छन् । करिना र सैफ एक अर्कासँग निकै खुशी भएर जीवन बिताइरहेका छन् ।
प्रायः एक अर्कासँग एक साथ खुशीसाथ तस्बिरमा देखिने यो जोडीको वैवाहिक जीवन पनि निकै खुशी छन्
तर, सैफको पहिलो श्रीमती अमृता सिंहसँग सम्बन्धविच्छेद भएको थियो । उनले सन् १९९१ मा आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । अमृता ९० को दशककी चर्चित अभिनेत्री हुन् । सैफले अमृतासँग विवाह गर्दा अमृताको उमेर ३२ वर्ष र सैफको २० वर्षको थियो । आफूभन्दा बढी उमेरकी युवतीसँग विवाह गर्ने सैफको फैसलाका कारण उनी निकै चर्चामा आएका थिए ।
मिडिया रिपोर्टका अनुसार दुवै परिवार उनीहरुको विवाहको पक्षमा थिएनन् । सैफ र अमृताले केहि समयसम्म आफ्नो विवाहलाई लुकाएर राखे । तर, सन् २००४ मा सम्बन्धमा खटपट आएपछि यी दुईले सम्बन्धविच्छेद गरे ।
सम्बन्धविच्छेद भएको १६ वर्षपछि पनि सैफले अमृतासँग सम्बन्धविच्छेदको बारेमा बोल्न छोडेका छैनन् । उनी अन्तरवार्ताका क्रममा उनीसँगको सम्बन्धविच्छेदको बारेमा विभिन्न कुराहरु खुलाइरहन्छन् । उनले अमृतासँग छुट्टिनु सबैभन्दा पीडादायी कुरा भएको बताउने गर्छन् । उनी अमृतासँगका केही कुराहरुले अझै पनि उस्तै याद गराउने र आफूलाई अलग महसुस बताउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण