पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु
मङ्गलबार, २४ चैत २०७७, १० : २२
गएराति पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
जिल्लाको तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिपमा सवार बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय बिजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिका अनुसार तानसेनस्थित खुशी फ्रेश हाउसको कुखुरा बोकी आएको जिप गएराति साढे १२ बजे सडकदेखि करिव २० मिटर तल खस्दा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते दुई जनालाई युनाइटेड मिशन अस्पतालले मृत घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण