सञ्चार महामार्ग निर्माणको काममा जुट्न मन्त्री गुरुङको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आजको युगमा सञ्चार संसार भएको उल्लेख गर्दै त्यसको विकासमा तीनवटै तहका जनप्रतिनिधिहरुले ध्यान जानुपर्ने पनि पनि स्पष्ट पारे । ‘सडक बन्यो, विद्युत बन्यो, अब सांसदहरुको ध्यान टेलिफोन, इन्टरनेटसहित दूरसञ्चार सेवाको विकास हुने गरी सञ्चार महामार्ग निर्माणमा जानुपर्दछ’ मंगलबार काठमाडौंमा आयोजित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका संघीय संसदका सांसदहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सञ्चार संसार भएकाले त्यसको विकासको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले ध्यान दिन जरुरी छ ।’
मन्त्री गुरुङले आम उपभोक्ताको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याउन दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई सचेत समेत गराए । आम उपभोक्ताको गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले दूरसञ्चार सेवालाई सस्तो र गुणस्तरीय बनाउन सरकारले संघीय संसदका सांसदहरुसँग परामर्श लिएको स्पष्ट पारे । उनले भने, ‘टावर छ काम गर्दैन, इन्टरनेट छ तर इमेल चलाउन सकिदैन भन्ने गुनासो नआउने गरी दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा लागि पर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूसँग पनि छलफल गर्न चाहेको स्पष्ट पारे ।
यसअघि सञ्चार मन्त्रालयले अन्य प्रदेशका सांसदहरुसँग पनि दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासका लागि छलफल गरेको थियो । सो छलफलले आगामी आर्थिक वर्षको दूरसञ्चार सम्बन्धि नीति, कार्यक्रम र बजेट बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत मन्त्री गुरुङले व्यक्त गरे । मन्त्री गुरुङले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सूचना र प्रविधिको क्षेत्रमा विकास गर्न विशेष कार्यक्रम ल्याउने योजना तय गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण