शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चार महामार्ग निर्माणको काममा जुट्न मन्त्री गुरुङको आग्रह

मङ्गलबार, २४ चैत २०७७, २२ : ५५
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आजको युगमा सञ्चार संसार भएको उल्लेख गर्दै त्यसको विकासमा तीनवटै तहका जनप्रतिनिधिहरुले ध्यान जानुपर्ने पनि पनि स्पष्ट पारे । ‘सडक बन्यो, विद्युत बन्यो, अब सांसदहरुको ध्यान टेलिफोन, इन्टरनेटसहित दूरसञ्चार सेवाको विकास हुने गरी सञ्चार महामार्ग निर्माणमा जानुपर्दछ’ मंगलबार काठमाडौंमा आयोजित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका संघीय संसदका सांसदहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सञ्चार संसार भएकाले त्यसको विकासको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले ध्यान दिन जरुरी छ ।’ 

मन्त्री गुरुङले आम उपभोक्ताको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याउन दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई सचेत समेत गराए । आम उपभोक्ताको गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले दूरसञ्चार सेवालाई सस्तो र गुणस्तरीय बनाउन सरकारले संघीय संसदका सांसदहरुसँग परामर्श लिएको स्पष्ट पारे । उनले भने, ‘टावर छ काम गर्दैन, इन्टरनेट छ तर इमेल चलाउन सकिदैन भन्ने गुनासो नआउने गरी दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा लागि पर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूसँग पनि छलफल गर्न चाहेको स्पष्ट पारे ।

यसअघि सञ्चार मन्त्रालयले अन्य प्रदेशका सांसदहरुसँग पनि दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासका लागि छलफल गरेको थियो । सो छलफलले आगामी आर्थिक वर्षको दूरसञ्चार सम्बन्धि नीति, कार्यक्रम र बजेट बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत मन्त्री गुरुङले व्यक्त गरे । मन्त्री गुरुङले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सूचना र प्रविधिको क्षेत्रमा विकास गर्न विशेष कार्यक्रम ल्याउने योजना तय गरिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप