पत्रकार महासंघ गुल्मीको अध्यक्षमा टोपलाल अर्याल विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्ष टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् । अर्यालका प्रतिद्वन्द्वी अनिल खत्रीले २७ मत प्राप्त गरेका छन् । अर्याल नेकपा एमाले माधव नेपाल समूह निकट प्रेस चौतारीका नेता हुन् । त्यस्तै उपाध्यक्षमा रेशमा कुँवर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सीता भण्डारी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्न्द्वी अम्बिका आचार्यले २३ मत प्राप्त गरेकी छिन् । सचिवमा ३७ मतसहित प्रेम सुनार विजयी भएका छन् । अर्का सचिवका उम्मेद्वार ज्ञानबहादुर महताराले २१ म्त प्राप्त गरेका छन् । त्यसैगरी सहसचिव खुल्लामा ४२ मतसहित तिलाचन पाण्डे, सहसचिव समावेशीमा ४० मतसहित तेजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा ३४ मतसहित कौरव खत्री विजयी भएका छन् ।
सदस्यहरुमा ४४ मतसहित अश्विन बोहोरा महेश, ४३ मतसहित दुर्गाबहादुर खड्का क्षेत्री, ह४५ मतसहित हुमाकान्त पोख्रेल विजयी भएका छन् । महिला सदस्यमा सरस्वती जिसी विजयी भएकी छन् । उनले ३३ मत प्राप्त गरेकी छन् भने सदस्य (दलित) बाट ३९ मतसहित रमेश विश्वकर्मा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण