आगलागी र सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
काठमाडौं । पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्युठानमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका–३ राजविराजस्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी टीकापुर नगरपालिका–१ सन्त निरहङ्कारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पद्मा साउद तथा भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ । धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्र्याक्टरको ठक्करबाट सात वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण