रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव नै भएन
रुकुम । नेपाल पत्रकार महासंघको चुनाव नहुने एक मात्र जिल्ला रुकुम पूर्व बनेको छ । २०७४ सालमा साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो । ‘२०७३ सालमा ७ औं जिल्ला अधिवेशन हुँदा साविकको रुकुम जिल्ला बाट पत्रकारिता गर्ने जम्मा ४ जना पत्रकार थिए’ रुकुम पश्चिमका पुराना पत्रकार हरि गौतमले भने, ‘२०७४ सालमा जिल्ला छुट्टिँदा पनि अवस्था उस्तै भयो । शाखा स्थापनाका लागि १९ जना नयाँ सदस्यता थप भएर आयो तर अहिलेको अधिवेशनको समय तालिका नजिक आइ सकेकोले त्यहाँ शाखा गठन हुन सकेन र पश्चिम रुकुमको शाखामा आएर मतदान गर्नुभयो ।’
पश्चिम रुकुम शाखामा ओली समूह , प्रेस सेन्टर र प्रेस युनियनसहितका संगठन चुनावी प्रतिस्पर्धामा रहेका थिए । प्रेस युनियनका लक्ष्मण केसी ६० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका छन् । तर उनका प्रत्यासी प्रेस सेन्टरका हरि गौतमले ४७ मत ल्याए ।
प्रेस युनियनबाट खुला उपाध्यक्षमा उठेका गोपाल रेग्मी ५९ मत ल्याएर निर्वाचित भए । महिला उपाध्यक्षमा प्रेस सेन्टरका सिजन बाठा मगर, सचिवमा ओली समूहका हिरा परियार विजयी भएका छन् । सहसचिवमा प्रेस सेन्टरका नारायण ओली, समावेशी सचिवमा पनि सेन्टरकै पवित्रा खड्का र कोषाध्यक्ष पनि प्रेस सेन्टरकै ज्ञानु गौतम निर्वाचित भएका छन् । अध्यक्ष र सचिवबाहेक पुरै प्यानल सेन्टरले जितेको छ ।
रुकुम पश्चिममा मात्रै सय जनाले सदस्यता पाएको र रुकुम पूर्वका नयाँ १९ र पुराना ३ सहित १ सय २२ जना मतदाताले निर्वाचनमा मत खसालेका छन् । जबकि यो भन्दा ठूलो जिल्ला रोल्पामा ८७ जनाले सदस्यता लिएको रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ्ग विकले जानकारी दिए । प्युठानमा १ सय ४० जनाले सदस्यता लिए पनि १ सय ३० जनाले मात्र मतदान गरे । अर्घाखाँचीमा १ सय २६ जनामध्ये १ सय १६ जनाले मतदान गरे । उता ६३ जना सदस्य रहेको गुल्मी शाखामा भने ५८ जनाले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण