ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज
धेरै वर्षपछि स्पेनिस ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज राति खेलिँदैछ । रियल म्याड्रिडले एस्टाडियो डी स्टेफानोमा बार्सिलोनाको आतिथ्य गर्नेछ ।
दुवै टोली आजको खेलमा उत्कृष्ट फर्ममा साथ मैदानमा उत्रनेछन् । रियल म्याड्रिडले लिगमा पछिल्ला चार खेल जितेको छ भने बार्साले ६ खेल जितेको छ । आजको खेल जित्ने टोलीलाई, अस्थायीरुपमा भएपनि, ला लिगाको शीर्ष स्थानमा पुग्ने अवसर छ ।
हाल एथ्लेटिको म्याड्रिड ६६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । एथ्लेटिकोले आइतबार रियल बेटिसको सामना गर्नेछ । बार्सिलोना ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने रियल म्याड्रिड ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यही भएर उपाधि होडमा आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
आजको खेलमा रियलका साथमा दुई महत्त्वपूर्ण खेलाडी हुनेछैनन् । कप्तान सर्जियो रामोस घाइते छन् भने उनका पार्टनर राफायल भरान कोरोना संक्रमित रहेका छन् । उता, बार्सिलोनाको टोली भने लगभग पूर्ण शक्तिका साथ मैदानमा उत्रनेछ । कप्तान लियोनेल मेस्सीले आफ्नो टोलीलाई कीर्तिमानी ४५ औँ एल–क्लासिकोमा नेतृत्व गर्नेछन् ।
रियलको अस्थायी घरेलु मैदान एस्टाडियो डी स्टेफानोमा दुई टोली पहिलो पटक भिड्नेछन् । दुई टोलको भिडन्त आयोजना गर्ने यो १२ औँ स्टेडियम हुनेछ ।
लस ब्ल्याङ्काेस बार्सामाथि लगातार तेस्रो जीत हासिल गर्ने आशामा रहेको छ । रियलले पछिल्लो सिजन आफ्नो घरेलु मैदानमा बार्सालाई २–० ले हराएको छ भने सिजनको शुरुवातमा क्याम्प नाउमा रियल ३–१ ले विजयी बनेको थियो ।
खेलको अन्त्यमा दुई टोलीबीच अंक बराबरी भएको खण्डमा आजको खेलको परिणामले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपाल समयअनुसार १२:४५ मा दुई टोलीबीच खेल हुनेछ ।
स्रोतः गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण