फोर्ब्स सूची : रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब
मङ्गलबार, ३१ चैत २०७७, १२ : १८
फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको थियो । तर, ४ अर्ब ७६ करोड डलरसहित यसपटक बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि भएको छ । ४ अर्ब ७५ करोड डलर मूल्यसहित रियल दोस्रो स्थानमा रहेको छ ।
शीर्ष १० स्थानमा ६ वटा इङ्ग्लिस क्लबहरू रहेका छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् । त्यस्तै, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि शीर्ष १० मा अटाएका छन् । यी टोलीमध्ये पीएसजीको सर्वाधिक १२९ प्रतिशतले मूल्यमा बृद्धि भएको छ भने लिभरपुलको ८८ प्रतिशतले बृद्धि भएको छ ।
यस्तो छ शीर्ष १० को सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण