रुपन्देहीमा जुवा खालबाट ७ जना पक्राउ
बुटवल । रुपन्देहीको सालझण्डीमा जुवा खेल्दै गरेको अवस्था ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ३५ का विजय कुमार सारु, वर्ष ४५ का वीर बहादुर बस्नेत, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउ पालिका वडा नं ८ बस्ने वर्ष ५२ का रेम बहादुर राना, सोही ठाउँमा वर्ष ३८ का ओम बहादुर बलाल, वर्ष ३७ का देवेन्द्र पुन, वर्ष ४० का कुल बहादुर घर्ती रहेका छन् ।
यस्तै सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ५६ का चाम बहादुर गाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ हजार २ सय ५० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले बताए। उनीहरुलाई जुवा ऐन अुनसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण