रातोपाटीकर्मी सुनार सम्मानित
बुधबार, ०१ वैशाख २०७८, १८ : ३४
गुल्मी । रातोपाटीकर्मी प्रेम सुनार सम्मानित भएका छन् । बुधबार नेपाल पत्रकार महासंघ गुल्मीले सुनारलाई उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार बाट सम्मान गरेको हो । सुनारले ठूलो जोखिम मोल्दै घटनाको नालीबेली बाहिर ल्याउन सफल भएकोले ‘उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार’ ले सम्मान गर्ने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले बताए ।
केही दिनअघि बुटवलमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ प्रथम अधिवेशनमा पनि सुनार सामजिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए । सुनार रातोपाटीका लागि लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण