शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित
काठमाडौं । शाओमी नेपालले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक लन्च गर्ने भएको छ । नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्न एमआई टीभी स्टिक ल्याइएको कम्पनीले बताएको छ । एन्ड्रोइड टीभी ९.० द्वारा संचालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५ हजार भन्दा माथि एप्स र गेम्सहरु प्रदान गरेको कम्पनीले जनाएको छ ।
एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइनले बनेको छ । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टीभीमा स्टिक क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्याम र ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।
शाओमी नेपालका काउन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले शाओमीले केवल सामाग्रीमा पहुँच प्रदान नगरी नन–स्मार्ट टीभी सेटहरुमा स्ट्रिमिङ्गलाई अझ सुविधाजनक बनाउने बताए । उनले एमआई टीभी स्टिकको लन्चसँगै उपभोक्ताहरूलाई स्मार्ट टीभी अनुभव प्रदान गर्ने बताए ।
एन्ड्रोइड टीभी ९.० एन्ड्रोइड टीभीको संस्करण (९.०)मा संचालित एमआइ टीभी स्टिकले प्रयोगकर्ताका लागि ‘वर्ल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको कम्पनीको दावी छ ।
यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी, हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरञ्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाउको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण