बुटवलको कोरोना विशेष अस्पतालमा थप १ जनाको मृत्यु
बुधबार, ०१ वैशाख २०७८, २२ : २४
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी अस्पतालको कोरोना विशेष अस्पतालमा ५ दिनअघि भर्ना भएका पर्वतका एक पुरुषको बुधबार साँझ मृत्यु भएको हो ।
भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । उनलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
रुपन्देहीमा आज नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण