सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
सोमबार, ०६ वैशाख २०७८, १५ : ३५
काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले जनाएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको पनि बैंकले जनाएको छ ।
सिभिल बैंकमा २०६९ असोज २१मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ बैशाख १२ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण