कारागारभित्र कार्यालय सहयोगी मृत फेला
गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
उनी मंगलबार बिहान ८/९ बजेको बीचसम्म बगैँचामा सिञ्चाई गर्दै थिए । १० बजे पछाडि नाइलेनको डोरीमा झुन्डिएको अवस्थामा उनी फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण