मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यो आइपिओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमध्ये भोटेकोशीले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो । यता, कम्पनीले केही समयअघि स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति समेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण