माधव नेपालमाथि केपी ओलीको थप ‘चार्ज’ (पत्रसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ । अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् । ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ ।
नेता नेपाललाई सोधिएको ५ बुँदे स्पष्टीकरणको चार नम्बर बुँदामा ‘तपाईले कर्णाली प्रदेशसभामा प्रदेशसभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने, फ्लोर क्रस गरी पार्टीको ह्वीप उलंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र अपराधिक कार्यसमेत गरे गराएकाले तपाईलाई पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएतापनि दल त्याग गरेको किन नभन्ने ?’ भनिएको छ ।
त्यस्तै ५ नम्बर बुँदामा पार्टी तथा आफ्नो सरकारको विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रुपमा नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति र नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुश्प्रचार र भ्रम फिँजाउने कार्य किन गर्नुभएको भनेर प्रश्न गरिएको छ ।
नेता नेपालसहितका नेताहरुलाई दुई दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । नेता नेपाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा सच्चिनुको साटो उस्तै गतिविधिमा लागेको भन्दै सच्चिन अन्तिम अवसरका रुपमा स्पष्टीकरण सोधिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण