भक्तपुरमा करेन्ट लागेर १ जनाको मृत्यु
मङ्गलबार, ०७ वैशाख २०७८, २२ : ३२
काठमाडौं । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नेट केवल मर्मत गर्दा करेन्ट लागेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक घर भएका २० वर्षीय सञ्जीव भारतीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मंगलबार दिउँसो स्थानीय भरतलाल श्रेष्ठको घरमा नेट केवल मर्मत गर्ने क्रममा करेन्ट लागेपछि सञ्जीव ६ तला माथिबाट खसेका थिए । उपचारका क्रममा डा. ईवामुरा अस्पतालमा उनको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
केवल अपरेटर भारती र सिन्धुली तिनपाटन गाउँपालिका घर भएका रोहित तामाङ सँगै केवल मर्मत गर्न गएका थिए । केवलको लाइन चेक गर्दा करेन्ट सर्ट भएपछि सञ्जीव रेलिङबाट तल खसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण