पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । यही वैशाख ५ गते संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै वैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएपछि संक्रामक रोग तथा सरुवा रोग अस्पताल पोखरामा भर्ना भएका ८४ वर्षीय वृद्धको समेत बुधबार मृत्यु भएको उनले बताए । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ । विगत लामो समयदेखि कोरोना संक्तमण घट्दो क्रममा रहेको गण्डकी प्रदेशमा यतिबेला संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । यो हप्ता शुरु भएपछि पोखरामा कोरोना संक्रमितको दैनिक रुपमा मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण