के-के छलफल भयो ओली नेपाल भेटवार्तामा ? दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए
बुधबार, ०८ वैशाख २०७८, १५ : ००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।
यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
-
सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई
-
ज्योति विकास बैंक ‘नेपालपे कार्ड’मा आवद्ध
-
जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू
-
‘अब नेपालमै सबैथोक छ भन्ने भाष्य स्थापित गर्न चाहन्छु’ (भिडियोसहित)
-
सरकारले ल्याएकाे नीति तथा कार्यक्रमलाई स्वर्णिम वाग्लेले गरे उँट र टापुसँग तुलना