कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका आरोपी ७ महिनापछि पक्राउ
बुधबार, ०८ वैशाख २०७८, २२ : ४०
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट हत्कडीसहित भागेका आरोपीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई बुधवार पक्राउ गरेको हो । अन्निकुमारलाई कालिमाटीस्थित परोपकार नजिकबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई जानकारी दिए ।
०७७ असोजमा २ मा चोरी आरोपमा पक्राउ गरिएका चार जना आरोपी कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर भागेका थिए । अन्निकुमार शाह कालिमाटी स्थित सुकुम्बासी टोलमा बस्थे । त्यतिबेला भागेका अरु ३ जना अझै फरार छन् । पक्राउ गरिएका आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत कालिमाटीमा पठाइएको महाशाखाले जनाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
