कालिमाटी प्रहरीको नियन्त्रणमा रहेका ४ आरोपी हत्कडीसहित फरार
काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् । गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
प्रहरी घेरा तोडेर हत्कडीसहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।
कालिमाटी प्रहरी वृत्त इन्चार्जको कमाण्ड केही समअघि डिएसपी अपिलराज बोहराले समालेका थिए । यसअघि बोहरा सिंहदरबार वृतको इन्चार्ज हुँदा पनि हिरासतमा साढे ३३ किलो सुनकाण्डका आरोपी प्रेमलाल चौधरीको रहस्यमय मृत्यु भएको थियो । त्रिभुवन विमानस्थलस्थित बायुसेवा निगमको जहाजमा लोडरको काम गर्ने चौधरीलाई ०७४ चैतमा पक्रेर सिंहदरबारस्थित प्रहरीको हिरासतमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण