कालिमाटी प्रहरीको नियन्त्रणमा रहेका ४ आरोपी हत्कडीसहित फरार

काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् । गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
प्रहरी घेरा तोडेर हत्कडीसहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।
कालिमाटी प्रहरी वृत्त इन्चार्जको कमाण्ड केही समअघि डिएसपी अपिलराज बोहराले समालेका थिए । यसअघि बोहरा सिंहदरबार वृतको इन्चार्ज हुँदा पनि हिरासतमा साढे ३३ किलो सुनकाण्डका आरोपी प्रेमलाल चौधरीको रहस्यमय मृत्यु भएको थियो । त्रिभुवन विमानस्थलस्थित बायुसेवा निगमको जहाजमा लोडरको काम गर्ने चौधरीलाई ०७४ चैतमा पक्रेर सिंहदरबारस्थित प्रहरीको हिरासतमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ