हेटौंडामा कोरोना संक्रमित पुरुषको मृत्यु
शुक्रबार, १० वैशाख २०७८, १७ : ४४
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ भैरवरोड बस्ने ५० का पुरुषको रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।
मृतक ती पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको चौलागाईले बताए । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो । मृतक गत बैशाख २ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेको र चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी केही समय अघिमात्र स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण