कोरोना सङ्क्रमणबाट काँग्रेस नगर सभापतिको निधन
फुङलिङ । नेपाली काँग्रेस फुङलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
गुरुङको शवलाई झापामै अन्त्येष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्येष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।
पाथीभरा मन्दिरमा पूजा पाठ गर्न रोक
प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ । दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो ।
पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण