‘टेकसाथी’ तेस्रो वर्षमा
काठमाडौं । टेक्नोलोजी पोर्टल ‘टेकसाथी’ले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा यसै वर्षदेखि विद्यार्थी, नवव्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको ‘टेकसाथी’ले जनाएको छ ।
टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पु¥याउँदै आएको छ । सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधि उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको यसले नेपाली बजारमा उपलब्ध नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई विस्तृत जानकारी गराउँदै आएको छ ।
यस कम्पनीले एशियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडिएपिटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ । कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटकपटक प्रस्तुत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
-
छानबिन आयोगको वैधानिकताबारे प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै
-
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण