बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘टेकसाथी’ तेस्रो वर्षमा

आइतबार, १२ वैशाख २०७८, १७ : ०१
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । टेक्नोलोजी पोर्टल ‘टेकसाथी’ले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा यसै वर्षदेखि विद्यार्थी, नवव्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको ‘टेकसाथी’ले जनाएको छ ।

टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पु¥याउँदै आएको छ । सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधि उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको यसले नेपाली बजारमा उपलब्ध नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई विस्तृत जानकारी गराउँदै आएको छ ।

यस कम्पनीले एशियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडिएपिटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ । कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटकपटक प्रस्तुत गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप