कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
शुक्रबार, २६ असार २०८३, ११ : ४१
सारांश
- प्रहरीले काठमाडौँको कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलियालाई पक्राउ गरेको छ ।
- यी बिचौलियाहरूले यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने र सामान तानेर हैरानी दिने गरेको आरोप छ ।
- यसअघि बल्खु र जडीबुटी क्षेत्रबाट पनि बिचौलिया पक्राउ गरी मुद्दा चलाइएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको कलङ्की र नयाँ बसपार्क क्षेत्रका ६० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । उनीहरूले लामो समयदेखि सो क्षेत्रमा पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोप छ ।
बिहीबार आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । बिचौलियाहरूले बसपार्क र कलङ्कीबाट छुट्ने गाडीमा यात्रु पठाउने नाममा हैरानी र दुःख दिने गरेको गुनासो छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि बल्खु र जडीबुटी क्षेत्रबाट पनि बिचौलियाहरूलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेकाहरूमाथि मुद्दा चलाउन काठमाडौँ परिसरमा पठाइएको एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण