बाँकेमा एक साता निषेधाज्ञा जारी
बुटवल । बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार रातीबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनाको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन् । बाँकेमा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण