आमाको हत्या अभियोगमा छोरा पक्राउ
सोमबार, १३ वैशाख २०७८, ११ : ५४
कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका -८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए ।
आमाको हत्या विरुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हालसम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका -५ चौरी भन्ने स्थानबाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुसन्धान थालिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण