सुन्तला बगानभित्र अफिम खेती
रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा सुन्तलाको बगानभित्र ठुलो परिमाणमा गरिएको अफिम खेती फेला पारेर प्रहरीले नष्ट गरेको छ ।
इरिवाङ इलाका प्रहरी कार्यालयबाट ४७ किलोमिटर उत्तर दूरीमा पर्ने परिवर्तन गाउँपालिकाको वडा नम्बर ६ मा अर्जुन बुढाको सुन्तला बगानभित्र गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले अफिम खेती भइरहेको सुइँको पाएपछि इरिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको कमान्डमा ७ जना र इप्रका घर्तीगाउँबाट खटिएका ८ जनासहित १५ जनाको टोली त्यसतर्फ गएका थिए ।
सुन्तला बगानभित्र ठुलो परिमाणमा अफिम खेती देखेपछि प्रहरीले तत्कालै सबै अफिमका बोट नष्ट गरे पनि अर्जुन बुढालाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डाँगी (जितजङ्ग) ले त्यस भेगमा धेरैले सुन्तला खेती गर्ने तर सुन्तला बगानभित्र के छ भन्ने कुरा आफुलाई थाहा नभएको बताए । अर्जुन बुढाले चार÷पाँच वर्षदेखि सुन्तला खेती गर्दै आएको जानकारी आफुलाई भएको उनको भनाइ छ ।
व्यावसायिक खेती गर्नेहरूले पालिका र प्रदेश सरकारबाट अनुदानसमेत पाउने गरेका छन् । तर अर्जुनले यस्तो अनुदान लिए/नलिएकोबारे आफूलाई जानकारी नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण