निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो
काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार घटिरहेको छ ।
सोमबार (बैशाख १३) मा नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । र, महिला लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।
आज ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय २० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । अपर तामाकोशी कारोबार रकममा सबैभन्दा अघि छ । यसको ३१ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण