गुल्मीमा करेन्ट लागेर एक किशोरको मृत्यु
सोमबार, १३ वैशाख २०७८, १९ : ५५
गुल्मी। गुल्मीमा करेन्ट लागेर एक मजदूरको मृत्यु भएको छ । इस्मा गाउँपालिका २ ताल्तुङमा सोमबार साँझ बिजुलीको काम गर्ने इस्मा ५ का १९ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको हो ।
बिजुलीको पोलमा काम गरिरहेका बेला करेन्ट लागेका उनी पोलबाट तल खसेका थिए । घटनाबारे अनुसन्धान भैरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पान्डेले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण