चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लमजुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः ५० बजे मृत्यु भएको हो ।
यस्तै, लमजुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गए राति पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राति १ः ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण