रुपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा लगाउन सिफारिस
रुपन्देहीमा कोरोना दर उच्च वृद्धि हुँदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रातोपाटीलाई बताए ।
उनका अनुसार बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । तर उक्त सिफारिसका सम्बन्धमा बुधबार बिहान ११ निर्णय हुने थापाको भनाइ छ ।
यसअघि रुपन्देहीमा स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलहरु, उद्योगी–व्यवसायीसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालिएको थापाको भनाइ छ ।
निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने प्रशासन कार्यालयको तयारी छ । अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र निषेधाज्ञाको अवधिमा सञ्चालन अनुमति दिने गरी केन्द्रले निषेधाज्ञाको सिफारिस गरेको हो ।
रुपन्देहीमा मंगलबारदेखि नै सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण