लुम्बिनीमा अविश्वास प्रस्ताव : वैशाख १९ मा प्रदेशसभा बैठक आह्वान
बुटवल–लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते बस्ने भएको छ । प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट आज आएको पत्रमा वैशाख १९ गतेको लागि बैठक आह्वन गर्नको लागि उल्लेख भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘आज पत्र आएको छ । हामीले मैखिक रुपमा दलको सचिवालयमा जनाकारी गराएका छौँ । आज सभामुख नआएकोले तोक लगाएर भोलि औपचारीक रुपमा सूचना प्रकाशित गर्ने छौ ,
माओवादी र नेपाली काँग्रेससहितका दलहरुले बैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशनको माग पनि गरेका थिए । उनीहरुकै माग अनुसार प्रदेश प्रमुखको कार्यालयले वैशाख १९ गते आइतबार दिउसको १ बजे बैठक बस्ने गरी सूचना प्रकाशित हुने प्रदेश सभाका पत्र पठाएको हो ।
अविश्वासको प्रस्ताव दर्ता भएकै दिन समाजवादी पार्टीका ४ सांसद मन्त्री बनेका छन्। लुम्बिनी प्रदेश एमालेको नेतृत्व सरकार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण