बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गल्कोट महोत्सवमा दर्शकहरुको ओइरो, एक करोडको कारोबार

शुक्रबार, २७ असोज २०७४, १५ : ३२
शुक्रबार, २७ असोज २०७४

थम्मन थापा 

बागलुङ– समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकहरुको ओइरो लागेको छ । महोत्सवको १० औं दिन सम्म आईपुग्दा २० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन भनें १ करोड बढिको आर्थिक कारोबार भएको महोत्सव मुल समारोह समितिका संयोजक हर्क पाण्डेले बताए ।

लामो समयपछि गलकोटमा महोत्सव आयोजना गरिएकोले महोत्सवमा दर्शकको अत्यधिक भीडभाड भएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक पाण्डेले बताए । महोत्सवमा प्रत्येक दिन ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ । शुक्रबार चर्चित कलाकारहरु बिमलराज क्षेत्री, मनोज सिङ धामी, ईश्वर सिंह, सुनिता नेपाली, चोलेन्द्र पौडेल लगायतको सांगितिक प्रस्तुति रहेको थियो । 

महोत्सवमा शनिबार चर्चित कलाकार रामजी खाँडको साँगितिक प्रस्तुति रहने पाण्डेले बताए । नगद रु १ लाख २ हजार पुरस्कार राशीको खुल्ला पुरुष भलिबल सञ्चालन भएसॅगै बिहानैदेखि महोत्सवमा आउने दर्शकहरुको घुइँचो रहेको छ । अहिले गलकोट हटिया बजारमा चहलपहल समेत ह्वात्तै बढेको छ ।

महोत्सवमा अहिलेसम्म करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । त्यसैगरी शुक्रबार मात्रै ३० लाख बढिको कारोबार भएको प्रचार प्रसार संयोजक रामप्रसाद कॅडेलले बताए । शनिबारसम्म सञ्चालन गर्ने भनिएको महोत्सव समय अभाव हुने भएपछि दुई दिन थप गरिएको छ ।

कार्यक्रम आगामी असोज ३० गते हुने आयोजक संस्थाका सचिव मोहन केसीले बताए । महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला डान्स च्याम्पियन, खुल्ला रत्यौली गीत प्रतियोगिता समेत सञ्चालन गरिएको छ । शुक्रबार सञ्चालन गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जि वन फेसन हटिया र थ्रि बर्दश अटो वर्क सप हटिया, गलकोट मोडनाईज ऐकेडेमी हरिचौर सेमिफाईनलमा प्रवेश गरेका छन ।

शनिबार मनसुन रेष्टुरेण्ट हटिया र भण्डारी अभोरसिज बिच खेल हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न स्टलहरु सॅगै मनोरञ्जनको लागि पिङहरु समेत राखिएको छ । महोत्सवले गलकोट क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन र प्रचार प्रसारमा समेत उल्लेख्य भूमिका खेल्ने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप