आगामी रणनीति बनाउन खनाल–नेपाल पक्ष बैठकमा
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल(नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।
केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्षमा अलमलमा छ । खनाल-नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।
नयाँ पार्टी गठनपछि पनि त्यसलाई माओवादी केन्द्रसँग कार्यगत एकता मात्र गर्ने वा एकता नै भन्नेमा पनि खनाल(नेपाल पक्ष एकमत छैन । यता पार्टी अध्यक्ष ओलीले कारबाही प्रक्रिया पनि सुरु गरेकाले खनाल–नेपाल पक्ष संकटमा छ । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । यता संघीय संसदमा २७ जना सांसदलाई कारबाही गर्ने ओलीको तयारी छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर ४ जना सांसद पार्टीबाट निष्कासित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण