सप्तरी र सिन्धुलीमा करेन्ट लागेर २ जनाको मृत्यु
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका–१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बेलुका घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ । सो क्रममा बायाँ हातको औँलामा करेन्ट लागेका उनको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीमा पनि करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्लाको कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युत्को तारमा नै झुन्ड्याएको थियो ।
हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको र हाल शव परीक्षणका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी र्दिए । उनीसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ । मायारामको अवस्था भने सामान्य नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण