बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जाजरकोटामा वैशाख १८ देखि २५ गतेसम्म निषेधाज्ञा

बुधबार, १५ वैशाख २०७८, २३ : ०७
बुधबार, १५ वैशाख २०७८

जाजरकोट । कोभिड–१९ को नयाँँ भेरिएन्टसहितको सङ्क्रमण तीव्र रुपमा बढ्दै गइरहेको भन्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १८ गते शनिबार राति १२ः०० बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्यनजर गदै कोभिड–१९ को सङ्क्रमण फैलावटको साङ्लो तोड्न, सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम वैशाख १८ गते राति १२ः०० बजेदेखि वैशाख २५ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख गरिएको छ । तरकारी, खाद्य, दूध र ग्यासका पसल भने बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म सञ्चालन गर्न दिइने उल्लेख छ । साथै एटिएम सेवा, औषधि पसल, एम्बुलेन्सलगायतका सेवा भने खुला हुनेछन् । 

चार स्वास्थ्यकर्मी सङ्क्रमित
यहाँ चार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका एक र स्वास्थ्य सेवा कार्यालयका तीन गरी चार जनामा कोरोना सङ्क्रमण देखिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप