स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
बिहीबार, ३२ असार २०८३, ०३ : १५
सारांश
- प्रहरीले दुई चोरीका स्कुटरसहित एक व्यक्तिलाई पक्राउ गर्यो।
- पक्राउ परेका व्यक्ति काभ्रेका हुन् र हाल भक्तपुरमा बस्दै आएका छन्।
- उनको साथबाट दुई स्कुटर बरामद गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ तामाङको साथबाट प्रदेश ३–०२–०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा।प्र–०२–०४३ प ८५४२ नम्बरको होण्डा डिओ स्कुटर बरामद गरेको जानकारी दिए । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण