बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रुकुममा अक्सिजन प्लान्ट स्थापना गरिने

शुक्रबार, १७ वैशाख २०७८, १५ : २०
शुक्रबार, १७ वैशाख २०७८

कोरोना संक्रमितहरुको उपचारको लागि रुकुम पश्चिममा एक अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।
बिहीवार जिल्ला समन्वय समितिको संयोजनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरु सहभागी रहेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हरेक पालिकामा कम्तिमा २० वटा आइसोलेशन बेड तयार गर्नुको साथै चौरजहारी अस्पतालमा एक सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय गरेको छ ।    

यस्तै हरेक पालिकाहरुले कम्तिमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्ट्रेटर तत्काल व्यवस्था गर्ने निर्णय भएको छ । एम्बुलेन्स र शव बाहनका चालकहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको छ । कोरोना उपचारमा खटिने जनशक्तिको अभाव पूर्ति गर्न पालिकाहरुले नै तत्काल स्वास्थ्यकर्मीहरु हायर गरी काममा लगाउने निर्णय भएको छ ।

कोभिड महामारीको बेला जनताको मनोबल उँचो बनाइराख्न चेतनामूलक जानकारी सम्प्रेषण गर्ने र बाहिरबाट भित्रिएकाहरुलाई वडाहरूले होम आइसोलेशनमा राख्ने व्यवस्था गर्ने निर्णय भएको छ । गम्भीर प्रकृतिका विरामीहरुको उपचारको लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकको निर्णय बैठकमा भएको छ ।  

बैठकमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले महामारीको बेला नियम कानुनभन्दा जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । उनले जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितका प्रशासनिक जनशक्ति, सुरक्षा निकाय र मूलतः स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट महामारीको क्षती न्यूनीकरण गर्न सकिने भएकोले तदारुकताका आ–आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर लाग्न निर्देशन दिए । 

भर्चुअल बैठकमा जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न अस्पतालका प्रमुख तथा चिकित्सकहरुले कोरोना संक्रमण र उपचारको व्यवस्थाबारे जानकारीसहित सुझाव दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप