कर्णालीमा कोरोनाबाट थप ८ जनाको मृत्यु
सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र एक महिला रहेकी छन् । जसमध्ये पाँच जना सुर्खेत, एक जना सल्यान, एक दैलेख र एक जना रुकुम पश्चिमका रहेका छन् ।
मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–५ का ६० वर्षीय पुरुष, वीरेन्द्रनगर नगरपालिका –८ का ६३ वर्षीय पुरुष, लेकवेशी नगरपालिका –१ का ४५ वर्षीय पुरुष वीरेन्द्रनगर –११ का ५१ वर्षीय पुरुष, वीरेन्द्रनगर– १२ का ४० वर्षीय पुरुष रहेका छन् । सुर्खेतका ५ जनाको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको डा. खड्काले बताए ।
यस्तै सल्यानको सिद्ध कुमाख गाउँपालिका– २ का ४२ वर्षीय पुरुषको सल्यान अस्पताल र रुकुम पश्चिमको मुसिकोट– ४ का ६० वर्षीय पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो । दैलेखको नारायण नगरपालिका – ६ की २७ वर्षीय महिलाको जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो ।
मृत्यु हुने महिला गर्भवती रहेको बताइएको छ । मृत्यु भएकामध्ये ३ जनाको पिसिआर विधि र पाँच जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण