हलिया महासंघका अध्यक्ष भुल प्रदेशसभा उम्मेदवारका लागि सिफारिस
करन ताम्राकार
डडेल्धुरा– राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष राजुराम भुल बैतडी जिल्लाको क्षेत्र नं.२ बाट समानुपातिक तर्फको उम्मेदबारकालागि सिफारिस भएका छन् ।
उनी नेकपा एमाले बैतडी जिल्ला पार्टीको तर्फबाट प्रदेशसभाका लागि सिफारिस भएका नेकपा एमाले जिल्ला कमिटी बैतडीका अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए ।
कुनै बेला साहुको हलो जोतेर दिनचर्या बिताउने हलिया समुदाय अहिले विभिन्न राजनीतिक दलमासमेत पकड राख्दै आएका छन् । भुल हलिाया प्रथा दाससत्व प्रथा भएको भन्दै हलियाको क्षेत्रमा लोमो आन्दोलन गरेको इतिहास छ ।
२०६५ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा हलियाको आन्दोललाई उत्कर्षमा पुर्यापछि २०६५ साल भाद्र २१ गते नेपाल सरकारले हलिया प्रथालाई अन्त्य घोषणा गरेको थियो । भुलले उक्त आन्दोलनको नेतृत्व गर्दै सरकारसँग ११ बुँदे सम्झौता समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण