मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
आइतबार, १९ वैशाख २०७८, १६ : १४
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका स्थानीय २६ वर्षीय बिराज वाइबाको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मृत्यु भएको र उनको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको प्रहरी निरिक्षक अधिकारीले बताए ।
त्यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय वीरबल वाइबा र ४६ वर्षीय वीरबहादुर वाइबालाई भने उपचारको लागि हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण