बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
बझाङ । यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा.मिलन खड्काले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ः०० बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा यही वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको आफन्तले जनकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेशनमा बस्नु भनेर भनेको भए पनि गाडी बुक गरेर घर आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताए । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनु भनेर जानकारी गराएको भए पनि मृतकले प्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताए ।
जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण