जब एक अनियन्त्रित कार हाइवेबाट उडेर जंगलभित्र पस्यो....
दुनियाँको हरेक कुनामा हरेक दिन सडक दुर्घटनाको खबर आउने गर्दछ । यी दुर्घटनाका कारण थुप्रैले आफ्नो जीवन गुमाएका पनि छन् । तर पनि मानिसहरुले नियमको धज्जी उडाएर सडकमा तीब्र गतिमा गाडी चलाउँछन् जसका कारण उनीहरुको ज्यान जोखिममा पर्ने गर्दछ ।
तर पनि कुनैबेला दुर्घटना यति भयानक हुँदापनि त्यसमा सवार मानिसहरुको ज्यान बचेको हामीले देख्नेसुन्ने गरेका छौं ।
यस्तै एक घटना चीनमा घटित भएको छ । एक तीब्र गतिको कार अनियन्त्रित भएर हावामा उडेर दुईवटा रुखबिच फस्यो । कारको गति यति तीब्र थियो कि अनियन्त्रित भएपछि हाइवेबाट उड्दै जंगलमा छिर्यो र हावामा नै दुई रुखबिच फस्यो ।
यो दुर्घटनाको एक भिडियो जारी गरिएको छ जसमा कार दुईवटा रुखबिच फसेको स्पष्ट रुपमा देख्न सकिन्छ । चीनको हिलोन्गजियान्ग प्रान्तको सिहुआ शहरमा उक्त दुर्घटना भएको हो । स्रोतका अनुसार कारको गति अत्यधिक थियो, एक्सप्रेस वे बन्द भएका कारण उच्च गतिको कारले आफ्नो नियन्त्रण गुमायो जसका कारण उक्त दुर्घटना भएको हो ।
सिजिटिएनका अनुसार ड्राइभर निकै तेज गतिमा कार चलाइरहेका थिए र राती कम भिजिबिलिटीका कारण कारमाथि नियन्त्रण गुमायो ।
पुलिस अधिकारी घटनास्थल पुग्दा कार पूर्ण रुपमा तहसनहन भएको पाए । कारको विभिन्न हिस्सा फुटेर जमिनमा खसेका थिए तर कार दुई रुखबिच फसेको थियो । क्रेनको मद्दतले कारलाई जमिनमा उतारियो । कारलाई उतार्न निकै समस्या भयो । कारमा सवार पाँच यात्रीलाई कारबाट बाहिर निकालिएको र उनीहरुलाई साधारण चोट लागेको पुलिसले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण